नियम
दरखास्त जाँचबुझ गर्नु पर्ने
(१) नियम ३ बमोजिम दरखास्त पर्न आएपछि समितिले त्यस्तो दरखास्तवाला निर्माण व्यवसायीको आर्थिक क्षमता तथा प्राविधिक योग्यता जाँचबुझ गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम जा“चबुझ गर्दा दरखास्तमा उल्लेख भएको विवरणस“ग सम्बन्धित अन्य कुनै कागजात आवश्यक पर्ने देखेमा समितिले दरखास्तवाला निर्माण व्यवसायीलाई थप कागजात पेश गर्न लगाउन सक्नेछ ।